Live on
Your Voice, Your Power
काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्ना सेना प्रमुख जनरल कमर जावेद बाजवाको कार्यकाललाई तीन वर्ष थपेका छन् । प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गरी सेना प्रमुखको कार्यकाल बढाएको जानकारी दिएको हो । विज्ञप्तिमा उल्लेख गरिए अनुसार जनरल बाजवाको कार्यकाल बढाउने निर्णय सुरक्षास्थितिलाई ध्यानमा राखेर लिइएको हो। सेना प्रमुखको कार्यकाल बढाइने कुरा केही महिनादेखि चलिरहेको थियो।…