देश/प्रदेश « Khabarhub

नुवाकोटमा नालीमा डुबेको अवस्थामा उद्धार गरिएका युवकको मृत्यु

काठमाडौँ- नुवाकोटको पञ्चकन्यामा नालीमा डुबेको अवस्थामा उद्धार गरिएका स्थानीय युवकको ज्यान गएको छ । जिल्लाको पन्चकन्या गाउँपालिका–३ का ३५ वर्षीय युवक सरोज लामालाई स्थानीय नालीमा डुबेको अवस्थामा उद्धार गरिएकोमा उनको घर पुर्‍याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घरभन्दा केही दूरीमा रहेको खानेपानी धारा नजिकको नालीमा टाउको घोप्टिएको अवस्थामा सरोजको उद्धार गरिएको…