Live on
Your Voice, Your Power
रौतहट- रौतहटमा आज एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न ठाउँका व्यक्तिमा गरिएको परीक्षणका क्रममा शुक्रबार एकैदिन ५६ जनामा कोरोना संक्रमण भेटिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पुष्टि गरे । राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको प्रजिअ घिमिरेले बताए…