देश/प्रदेश « Khabarhub

‘बोक्सी’को आरोपमा महिलामाथि कुटपिट गर्ने फरार अभियुक्त पक्राउ

लहान- ‘बोक्सी’को आरोपमा महिलामाथि निर्घात कुटपिट गरेको आरोपमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको नवराज गाउँपालिका–५ का २० वर्षीय सन्तोष यादव रहेको प्रहरीले जनाएको छ । नेपाल–भारत सीमा क्षेत्रनजिक सिरहाको ठाडीमा लुकीछिपी बसिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम पौडेलले जानकारी दिए ।…