देश/प्रदेश « Khabarhub

डडेल्धुरामा माइक्रो बस दुर्घटना हुँदा १७ घाइते

डडेल्धुरा- डडेल्धुरामा माइक्रो दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक सो माइक्रो दुर्घटनामा परेको हो । भारतको केरेलाबाट आएका मान्छे लिएर धनगढीदेखि बझाङतर्फ आउँदै गरेको सुपप्र ०१–००१–ख २३२३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकभन्दा करिब १५ मिटर तल खसेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।…