Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंको बिजुलीबजारस्थित मदन भण्डारी ममोरियल कलेजका विद्यार्थी चढेको गाडी दुर्घटनामा परेको छ । पिकनिक (वनभोज)का लागि भक्तपुरको ध्याम्पेडाँडा जाँदै गरेको बा ५ ख ४२८६ नम्बरको बस सडकमै पल्टिएको हो । बस दुर्घटनामा २२ जना विद्यार्थी घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये २० जनाको अवस्था सामान्य रहेको छ ।…