Live on
Your Voice, Your Power
सर्लाही– सर्लाहीको चक्रघटा गाउँपालिका–७ औरहीस्थित पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मानसिक असन्तुलन भएका स्थानीय रामकिशोर रायको नौ वर्षीय छोरा विशालको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार साँझ घरबाट निस्केका बालकको खोजतलास गर्दा गए राति गाउँकै पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले परेको थियो ।