देश/प्रदेश « Khabarhub

वर्षापछि बनेपाको पुलबजार क्षेत्र डुवानमा

काभ्रे– अविरल वर्षापछि बनेपास्थित पुलबजार क्षेत्र डुवानमा परेको छ । शनिवार विहानदेखि परेको वर्षापछिको बाडीले उक्त बजार क्षेत्र डुवानमा परेको हो । पुलबजार क्षेत्र ठूलो पानी पर्दा अधिकांश समय डुवानमा पर्ने गरेको छ । पनीको निकास पर्याप्त नभएको र भू माफियाले खोला मिचेका कारण बस्ती डुवानमा पर्ने गरेको स्थानीयले आरोप लगाउने गरेका छन् ।