देश/प्रदेश Archives | Page 365 of 2028 | Khabarhub Khabarhub

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ– कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ खैरानामा जंगलबाट माटो ल्याउदै गरेको से १ त ९८०१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।  दुर्घटना हुँदा चालक ३० वर्षीय चनक राम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।