देश/प्रदेश « Khabarhub

विराटनगरमा तीन लाख बराबरको धनमाल चोरी

मोरङ- विराटनगर महानगरपालिका-९ ठाकुरवाडी रोड बस्ने गुल्सन वैधको घरको पूजा कोठाबाट चाँदीका विभिन्न सरसामान गरी करिब तीन लाख रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।