देश/प्रदेश Archives | Page 609 of 2027 | Khabarhub Khabarhub

क्विन्टल सुन तस्करी प्रकरण : व्यापारी रोहन अडुकिया पक्राउ

काठमाडौँ- एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लागेका व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको प्रहरीले जनाएको छ । भारतबाट फर्किन क्रममा उनलाई शुक्रबार दिउँसो विमानस्थलबाट पक्राउ गरिएको हो । पक्राउपछि उनलाई राजश्व अनुसन्धान विभागलाई बुझाइएको प्रहरीले जनाएको छ । उनी व्यापारी राजेश अडुकियाका छोरा हुन् ।