देश/प्रदेश « Khabarhub

नेपाल वायुसेवाको जहाजबाट बिरामीको उद्धार

कर्णाली – टाउकोमा गम्भीर चोट लागेर विगत छ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसीयूमा राखिएका एक बिरामीलाई नेपाल वायुसेवा निगमको जहाजबाट नेपालगञ्ज पठाइएको छ । जुम्ला पातारासी गाउँपालिका–४ लुमगाउँका ३४ दीपबहादुर रावतलाई आज नेपाल वायुसेवा निगमको जहाजबाट नेपालगञ्ज पु-याइएको हो । यही असोज ११ गते लुमगाउँको पुलबाट खस्दा उनको टाउकामा गम्भीर चोट लागेको थियो…