देश/प्रदेश Archives | Page 624 of 1948 | Khabarhub Khabarhub

भीरबाट लडेर एकजनाको मृत्यु

गोरखा– गोरखामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीका ६० वर्षीय मीनबहादुर गुरुङको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले घरबाट आइतबार जङ्गलमा काठ लिन गएका गुरुङ नफर्किएपछि खोजी गर्ने क्रममा अमलेस्थित जङ्गलमा सोमबार मृतावस्थामा फेला परेको बताए । …