दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा रिगलको कैद मिनाहामा सर्वोच्चले माग्यो सरकारसँग कारणसहित जवाफ, सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो, बझाङ भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन, प्रधानमन्त्री प्रचण्ड र भाषा आयोगका पदाधिकारीबीच भेट, धुलिखेल अस्पतालमा ट्रमा र आकस्मिक केन्द्र विस्तार गर्न जापानको सहयोगलगायतका समाचारले प्रमुख स्थान पाए ।

रिगलको कैद मिनाहामा सर्वोच्चले माग्यो सरकारसँग कारणसहित जवाफ
सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ ।

सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले कार्य प्रारम्भ गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले काम थालनी गरेको हो ।

बझाङ भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार बझाङ र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि निर्देशन दिएका छन् ।

राष्ट्रियसभा बैठक : भ्रष्टाचार अन्त्य गर्न सांसदको माग
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद बीना पोख्रेलले भ्रष्टाचारदिनप्रतिदिन मौलाउँदै गइरहेको भन्दै सेवाका निम्ति पदभन्दा पनि पैसाका निम्ति पद भन्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरिन्।

प्रधानमन्त्री प्रचण्ड र भाषा आयोगका पदाधिकारीबीच भेट

भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

प्रतिनिधिसभा बैठक: सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्न आग्रह
प्रतिनिधिसभाका सांसदहरुले धार्मिक र सामाजिक सद्भावमा खलल हुन नदिन समाजका सबै पक्ष सजग हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनीहरूले समाजमा अशान्ति चाहने केही तत्त्वले सामाजिक सद्भाव भड्काउने प्रयत्न गरिरहेको उल्लेख गर्दै त्यसतर्फ सरकार र सबै सचेत हुनुपर्ने बताए।

‘कानुनी छिद्रबाट आममाफी दिने काम बन्द गरियोस्’
नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले गम्भीर अपराधमा संलग्न कैदीलाई आममाफी दिने काम तत्काल बन्द गर्न माग गरेका छन् ।

चिकित्सकको सुरक्षामा सरकार सचेत : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको उपचारमा सक्रिय स्वास्थ्यकर्मीको पेसागत सुरक्षा, हित र वृत्तिविकासमा सरकार सचेत र गम्भीर रहेको बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौथो दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उनले बिरामीको उपचारमा क्रियाशील स्वास्थ्यकर्मीमाथि भइरहेका शृङ्खलाबद्ध आक्रमणलाई आफूले गम्भीर रूपमा लिएको बताए ।

धुलिखेल अस्पतालमा ट्रमा र आकस्मिक केन्द्र विस्तार गर्न जापानको सहयोग
धुलिखेल अस्पतालमा ट्रमा र आकस्मिक केन्द्र विस्तारका लागि जापान सरकारले अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयमा आज भएको एक कार्यक्रममा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

राष्ट्रियसभामा विधायनसम्बन्धी विधेयक प्रस्तुत
राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘विधायनसम्बन्धी विधेयक, २०८०’ पेस गरेका छन् ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

नेपालको विकास प्रयासमा सघाउने बेलायती राजदूतको प्रतिबद्धता
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन् ।

बागमती प्रदेशसभा बैठक २१ गते बस्ने
बागमती प्रदेशसभाको बैठक यही असोज २१ गते दिनको ३ः०० बजे बस्ने गरी बोलाइएको छ ।

उक्त बैठकमा दुई विधेयक छलफलका लागि पेस गर्ने तयारी गरिएको बागमती प्रदेशसभा सचिवालयका सभामुख भुवनकुमार पाठकले जानकारी दिए।

मुख्यमन्त्री पाण्डेद्वारा गाउँपालिका भवन उद्घाटन
मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन निर्माण भएको छ । जोमसोममा रु सात करोड ५९ लाखमा निर्माण भएको भवनको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् ।

भूकम्पले भत्किएका ७६० सम्पदा पुननिर्माण
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुननिर्माण सकिएको पुरातत्व विभागले जनाएको छ ।

भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुर्‍याएको थियो ।

म्याग्दीको जंगलमा भेटियो ‘रेडपाण्डा’
म्याग्दीमा पहिलोपटक विश्वमै दुर्लभ मानिने जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ ।

धौलागिरि गाउँपालिका–लुलाङको जलजलास्थित जंगलमा रेडपाण्डा भेटिएको हो । च्याउ संकलन गर्न गएका स्थानीय सुवास थापाले जलजलाको जंगलमा रेडपाण्डाको जिल्लामै पहिलोपटक दृष्य खिचेका हुन् ।

भारोत्तोलनमा विशालको दुर्लभ कीर्तिमान
हाङझाव एसियाडको भारोत्तोलनमा नेपालका विशालसिंह विष्टले दुर्लभ कीर्तिमान स्थापित गरेका छन् ।

बिहीबार चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित पहिलोपटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि स्थापित गरेका हुन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ८ : ५९ बजे

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १