Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । नगरपालिका कार्यालय अगाडिको सडक कालोपत्रे नभएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् । पालिकाको थली क्षेत्रमा रहेको सडकमा कालोपत्रे नभएको स्थानीय गुनासो छ । लामो समयदेखि सडक कालोपत्रे नहुँदा धुलोको समस्या समाधान नभएपछि आन्दोलन गर्नुपरेको स्थानीयको भनाइ छ ।