देश/प्रदेश « Khabarhub

नुवाकोटमा खोलाले बगाएर एक जनाको मृत्यु

काठमाडौं- नुवाकोटको लिखु गाउँपालिका-४ गड्खार बस्ने ६५ वर्षीय ढकाल राई भन्ने पूर्ण बहादुर राईको सोही ठाउँस्थित तादी खोलाले बगाएर सोमबार साँझ मृत्यु भएको छ ।  खोलाले बगाएर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले  जनाएको छ ।