समाचार Archives | Page 6899 of 6930 | Khabarhub Khabarhub

काम गर्न विदेश जानेलाई ‘प्रवासी श्रमिक कार्ड’ अनिवार्य

काठमाडौं- सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन ‘प्रवासी श्रमिक कार्ड’ लागू गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी वैदेशिक रोजगारीमा जाने कामदारलाई अनिवार्य प्रवासी श्रमिक कार्डको व्यवस्था गर्ने गरी गृहकार्य गरिरहेको छ । वैदेशिक रोजगारी सम्बन्धी सूचना व्यवस्थित प्रणालीबाट उपलब्ध गराउन यो कार्डको व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको…