प्रहरी Archives | Page 5 of 110 | Khabarhub Khabarhub

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–७ घर भई ललितपुर महानगरपालिका–१५ बस्ने धीरेन्द्र चौधरी, धनुषाको धनुषाधाम नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–७ बस्ने राजकुमार महरा र मकवानपुर इन्द्रसरोवर गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१५ बस्ने चन्द्र ब्लोन रहेका छन्।…