Live on
Your Voice, Your Power
काठमाडौँ- विनाशकारी बाढीका कारण बङ्गलादेशमा २५ जनाको मृत्यु भएको छ । रेडियो पाकिस्तानले बङ्गलादेशका विभिन्न सहरहरूमा ४० लाखभन्दा बढी मानिस अलपत्र परेको बताएको छ । भारी वर्षाका कारण बुधबारबाट त्यस क्षेत्रमा बाढी आएको हो । सिलहट र सुनमगञ्ज जिल्लामा बाढीको अवस्था बिग्रँदै गएको छ भने अन्य जिल्लामा पनि बाढीको जोखिम रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्…