Live on
Your Voice, Your Power
काठमाडौँ- म्यानचेस्टर सिटीले लगातार चौथो पटक काराबाओ कप (इएफएल) फुटबलको उपाधि जितेको छ । वेम्बलीलाई आइतबार राति भएको फाइनलमा टोटेनहमलाई १-० गोल अन्तरले पराजित गर्दै सिटीले लगातार चौथो पटक उपाधि जितेको हो । सिटीलाई जित दिलाउन एम्रिक लापोर्टेले ८२औँ मिनेटमा निर्णायक गोल गरे । योसमेत गरी सिटीको काराबाओ कपको उपाधि आठौं पटक हो ।