फुटबल « Khabarhub

बोरुसिया डर्टमुन्ड पराजित

काठमाडौँ - जर्मन बुन्डेसलिगा फुटबलमा दोस्रो स्थानको बोरुसिया डर्टमुन्ड पराजित भएको छ । डर्टमुन्ड हर्थ बर्लिनसँग ३–२ गोल अन्तरले पराजित भएको हो । हारसँगै डर्टमुण्डले शीर्ष स्थानको बायर्न म्युनिकसँगको अग्रता घटाउने अवसर गुमाएको छ । बायर्न १७ खेलबाट ४३ अंकसहित शीर्ष स्थानमा रहँदा डर्टमुन्ड ३४ अंकसहित दोस्रो स्थानमा छ ।