Live on
Your Voice, Your Power
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेस विजयी भएको छ । सोमबार राति भएको खेलमा क्रिस्टलले ब्राइटनलाई २-१ गोलले हराएको हो । ब्राइटनको मैदानमा क्रिस्टलका जिन फिलिपे माटेटा र बेन्टेकेले गोल गरे । ब्राइटनका जोएल भेल्टम्यानले गोल गरे । जितसँगै क्रिस्टल लिगको १३औँ स्थानमा उक्लिएको छ । पराजित ब्राइटन १६औँ स्थानमा रहेको छ ।