देश/प्रदेश « Khabarhub

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

सर्लाही– सर्लाहीको ईश्वरपुर अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । गएराति ईश्वरपुर नगरपालिका-९, खोरिया टोलमा नम्बर नखुलेको मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा परेर सोही मोटरसाइकलका चालक चन्द्रनगर गाउँपालिका-६, का विजय मुखियाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो ।  दुर्घटनामा परेका मुखियाको मुख, टाउको लगायत शरीरको विभिन्न भागमा चोटलागेको थियो ।…