देश/प्रदेश « Khabarhub

गण्डक नहरले बगाएका तीनजनाको उद्धार

पश्चिम नवपरासी– पश्चिम नवलपरासीको पालिनन्दन गाउँपालिका ३ बेलासपुरस्थित झरही खोलाको बहाव बढेर गण्डक नहरमा पसेपछि सो नहरको बहावले बगाउँदै गरेका तीन जनाको सशस्त्र प्रहरीले शुक्रबार सकुशल उद्धार गरेको छ । सोही ठाउँ बस्ने ४८ वर्षीय अजित अन्सारी, २५ वर्षीय शैलेश गुप्ता र २३ वर्षीय थेरज देवानलाई सो नहरले बगाउँदै गरेको अवस्थामा सकुशल उद्धार गरिएको हो…