देश/प्रदेश Archives | Page 1401 of 2020 | Khabarhub Khabarhub

घरको छतबाट खसेर नाबालकको मृत्यु

कपिलवस्तु– कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाका छोरा अभिषेक विक आफ्नै घरको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए । बुटवलको चौराहा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको भण्डारीले बताए ।