देश/प्रदेश « Khabarhub

पहिरोले नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

काठमाडौँ– पहिरोले नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध बनेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान पौने पाँच बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो। अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।