Live on
Your Voice, Your Power
काठमाडौँ– चीनको सिचुवान प्रान्तले नेपाललाई २०० थान अक्सिजन जेनेरेटर प्रदान गरेको छ । सिचुवान प्रान्तले उपलब्ध गराएको अक्सिजन सिलिन्डर र जेनेरटरलगायतका स्वास्थ्य सामग्री आज काठमाडौँ आइपुगेको छ । चिनियाँ दूतावासका अनुसार आज २०० थान अक्सिजन जेनेरटर काठमाडौँ आइपुगेको हो । चीनले यसअघि २००० अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ ।