Live on
Your Voice, Your Power
धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गत वैशाख २७ मा पीसीआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । उनी चिकित्सकको निगरानीमा होम आइसोलेसन रहेको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए ।