देश/प्रदेश Archives | Page 359 of 2027 | Khabarhub Khabarhub

राप्ती नदीमा डुबेर एक पुरुषको मृत्यु

दाङ– दाङको राप्ती नदीमा डुबेर एक पुरुषको मृत्यु भएको छ।  राजपुर गाउँपालिका–६ गंगदीस्थित राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर स्थानीय ४० वर्षीय सुखदेव चौधरीको मृत्यु भएको हो।  डुबेर अशक्त भएका उनको लमही अस्पताल दाङमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ।