राजनीति Archives | Page 1105 of 1917 | Khabarhub Khabarhub

प्रचण्डले आज दिउँसो पत्रकार सम्मेलन गर्दै

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्दै छन्। प्रचण्डले स्थानिय चुनावसँग सम्बन्धित विषयलाई लिएर दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्न लागेका हुन्। स्थानीय तहको निर्वाचनमा पार्टीको तयारी, पाँच दलीय गठबन्धनमा भइरहेको तालमेल लगायतका विषयमा प्रचण्डले आफ्नो धारणा राख्ने उनको सचिवालयले जनाएको छ ।