राजनीति Archives | Page 119 of 1914 | Khabarhub Khabarhub

राप्रपा नेपालले आज ललितपुरमा प्रदर्शन गर्ने

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आज ललितपुरमा प्रदर्शन गर्ने भएको छ । प्रदर्शन दिउँसो १ बजेदेखि लगनखेलबाट सुरु हुने बताइएको छ । भ्रष्टाचार अन्त्यको निमित्त एकजुट बन्न आग्रह गर्दै राजसंस्था र हिन्दु अधिराज्य स्थापनाका साथै संघीयताको खारेजीका लागि जनआन्दोलनको तयारी स्वरुप सो प्रदर्शन गर्न लागिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।