साहित्य « Khabarhub

कविता : ऐठन

साँच्चै,म सपनामा छुया विपनामा ?न निदाएको छु,न म ब्युँझेकै छु।सायद यो हुन सक्छ,ऐठन। यी आँधी-तुफानहरू,यी हुरी-हुण्डरीहरूलेकुन दिशा लिँदैछन्?बरालिँदैछु म अन्यमनस्कतामा।यो तरलतालेम आफैँ तरल भइसकेँ।यो वाष्पीकरणलेम आफैँ वाष्प भइसकेँ।उडिरहेको छु बेलगाम। पिरोलिरहेको छयो दिशाहीनताले,यो अन्त्यहीन सिलसिलाले।दबाइरहेका छन् घाँटीमुर्कट्टाहरूले।मुर्छित छ मन,चिच्याउन खोजिरहेको छु,निस्किरहेको छैन शब्दघाँटीबाट, ओठबाट। चाहेको छ मनले—आकाशभरिका ताराहरू,अञ्जुलीभरिका आशा,कलकल नदी र झरना,चम्किला हिमखण्डहरू,र सगरमाथाको पूर्ण…