Live on
Your Voice, Your Power
काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार यो नियमित बैठक हो। प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमण समाप्त भएसँगै बसेको बैठकमा सरकारले दैनिक प्रशासनिक कामकाजसम्बन्धी विषयमा आवश्यक छलफल र निर्णय गर्ने तयारी गरेको छ। बैठकमा मन्त्रालय र निकायहरूका तर्फबाट हालका प्राथमिकता, कार्यान्वयन अवस्थासहितका प्रस्तावहरूमाथि पनि समीक्षा हुने बताइएकाे छ।