भारत / चीन / सार्क « Khabarhub

बेइजिङमा मात्रै दश लाखले लगाए कोरोनाविरूद्धको खोप

एजेन्सी- चीनको राजधानी बेइजिङमा मात्रै दश लाखभन्दा बढीलाई कोरोनाविरुद्धको खोप दिइएको छ । उनीहरु सवैलाई पहिलो चरणको खोप दिइएको अधिकारीहरुले जानकारी दिएका छन् । अहिलेसम्म विकास भएका कोरोनाका खोप हरेक व्यक्तिले दुई चरणमा लगाउनुपर्ने चिकित्सकहरुको सुझाव छ । कोरोनाभाइरसको उच्च जोखिममा रहेकाहरूलाई प्राथमिकता दिएर अहिले उनीहरूलाई मात्रै खोप लगाइएको पनि महानगर स्वास्थ्य आयोगले जनाएको छ…