Live on
Your Voice, Your Power
काठमाडौं- उत्तरी चीनको शाङ्शी प्रान्तमा रहेको एउटा जैविक कारखानामा विष्फोट हुँदा आठ जनाको ज्यान गएको छ । ग्लोबल टाइम्सका अनुसार शाङ्शी प्रान्तको शोउझोउमा रहेको कम्पनीमा विष्फोट भएको हो । जैविक कम्पनीको उत्पादन कारखानामा विष्फोट भएको जनाइएको छ । विष्फोटपछि घटनास्थलमा बाक्लो पहेँलो धुवाँको मुश्लो उडेको देखिएको थियो । घटनापछि कम्पनीका कानुनी प्रतिनिधिलाई नियन्त्रणमा लिइएको छ…