समाचार « Khabarhub

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

दिपायल- डोटीको बडीकेदार गाउँपालिका–५ की एक गर्भवतीको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  बडीकेदार–५ केदारमाडौँ की २३ वर्षीया विस्नादेवी पुनमगर सुत्केरी हुन नसकी अचेत अवस्थामा रहेकी थिइन् । उनलाई स्थानीय सामुदायिक स्वास्थ्य एकाइ सेउडीखेतमा भर्ना गरिएको थियो ।  त्यहाँ उपचार सम्भव नभएपछि विस्नादेवीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए…