समाचार « Khabarhub

धरानका मेयर साम्पाङको काठमाडौंमा मोटरसाइकल र्‍यालीले स्वागत

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आउँदा उनका समर्थकहरूले विमानस्थलमा मोटरसाइकल र्‍याली गरेर स्वागत गरेका छन् । उनी भेटघाट तथा संगठन विस्तारका लागि आज काठमाडौं आएका हुन् । उनी मोटरसाइकल र्‍यालीसहित कालिकास्थानमा रहेको सांस्कृतिक संघमा पुगेका छन् । त्यहाँ भेटघाट तथा संगठन विस्तार कार्यक्रम जारी छ ।