समाचार « Khabarhub

प्रतिनिधि सभा चुनाव फागुनभित्रै

काठमाडौँ - विघटित प्रतिनिधि सभा निर्वाचन आगामी फागुनभित्रै हुने भएको छ । ६ महिनाभित्र चुनाव गराउनेगरी राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरी आजै भर्खरै शपथ खुवाएका हुन्‌ । यसै साता सोमबार र मङ्गलबार भएको जेन-जी प्रदर्शनपछि गठित अन्तरिम मन्त्रिपरिषद्‌ले प्रतिनिधि सभा विघटन सिफारिस गर्दैछिन्‌ ।