समाचार « Khabarhub

जिल्ला अधिवेशन उद्घाटन गर्न एकीकृत समाजवादीका अध्यक्ष नेपाल कालिकोटको रास्कोटमा

सुर्खेत- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल शनिबार कालिकोट, रास्कोटको आरसीपी बजार पुगेका छन् । उनी एकीकृत समाजवादीको कालिकोट जिल्ला सम्मेलनको उद्घाटन गर्नका लागि रास्कोट पुगेका हुन् । कालिकोटमा पार्टीले १० औं जिल्ला अधिवेशन आयोजना गर्दैछ । केहीबेरमै अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष नेपालले रास्कोटवासी जनतालाई सम्बोधन गर्ने कार्यक्रम छ ।