समाचार « Khabarhub

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ- जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति पुर्‍याएको छ । फुङलिङ-९ का वडाध्यक्ष लक्ष्मण गुरुङले पछिल्ला केही दिनयता स्थानीय किसानका चारवटा खसी र एउटा भेँडा भालुको आक्रमणबाट मरेका जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार नारायणप्रसाद गुरुङको एउटा भेँडा र एउटा खसी तथा भगीमान गुरुङका तीन वटा खसी भालुको आक्रमणमा मरेका हुन् ।…