Live on
Your Voice, Your Power
काठमाडौं- गत शुक्रबार भारतको तीन दिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार अपराह्न काठमाडौं फर्किएका छन् । भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग द्विपक्षीय वार्ता गरेका थिए । व्यापार, लगानी, पूर्वाधार, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत आपसी हितका विषयमा छलफल भएको मन्त्री खनालले बताएका छन् ।…