Live on
Your Voice, Your Power
काठमाडौं– गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरेको छ । मंगलबार गृहमन्त्रालयले ११ जिल्लाका सीडीओ फेरेको हो । सूर्य बहादुर खत्रीलाई अर्घाखाँची, बुद्धबहादुर गुरुङलाई लमजुङ र नारायण ढकाललाई ओखलढुंगाको प्रजिअमा पदस्थापन गरिएको छ । त्यस्तै संखुवासभाका प्रजीअमा ध्रुव बहादुर खड्कालाई पठाइएको छ ।