समाचार Archives | Page 2298 of 8480 | Khabarhub Khabarhub

भक्तपुरमा सालनालसहित नवजात शिशुको शव फेला

काठमाडौं– भक्तपुरको सिर्जनानगरमा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ।  आज भक्तपुर नगरपालिका-१ सिर्जनानगरस्थित यातायात व्यवस्था विभाग पछाडि हनुमन्ते खोलाको किनारमा अन्दाजी २-३ दिनको जस्तो देखिने सालनालसहितको शिशुको शव फेला परेको प्रहरीले जनाएको छ। स्थानीयले खबर गर्नेबित्तिकै घटनास्थल पुगेको प्रहरीले सालनालसहितको नवजात शिशु घोप्टोपरि मृत अवस्थामा भेटिएको जनाएको हो। घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।