समाचार « Khabarhub

शेखरको दाबी : कांग्रेस फुटाउन राजधानीकेन्द्रित षड्यन्त्र भयो, अन्तर्राष्ट्रिय शक्तिसमेत सक्रिय भए

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कमजोर पार्न राष्ट्रिय मात्रै नभई अन्तर्राष्ट्रिय शक्तिसमेत सक्रिय रहेको संकेत गरेका छन् । बिहीबार जारी गरेको वक्तव्यमा डा. कोइरालाले कांग्रेसलाई एकतावद्ध राख्ने ‘भागिरथ प्रयास’ सफल हुन नसकेको स्वीकार गरेका छन् । उनले राजधानी केन्द्रित षड्यन्त्रका क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तानाबाना बुन्ने काम भएको दाबी गरेका छन् ।…