Live on
Your Voice, Your Power
काठमाडौं- सशस्त्र प्रहरी बलका १६ जना डीआईजी र १८ जना एसएसपीहरूको एकसाथ सरुवा भएको छ । गृहमन्त्रालयले मंगलबारको निर्णयअनुसार ती डीआईजी र एसएसपीहरूको एकैसाथ सरुवा गरेको हो । सरुवा भएकामध्ये केही एसएसपीलाई ८ महिनामै हेडक्वार्टर तानिएको छ । यो सरुवाका क्रममा बाहिनी र प्रदेश मुख्यालयका डीआइजीहरू पनि परिवर्तन गरिएको छ ।