समाचार « Khabarhub

२०८१ सालको पात्रो प्रकाशनका लागि विवरण पेस गर्न आह्वान

काठमाडौँ– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विक्रम संवत् २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहने पञ्चाङ्गकारलाई साउन मसान्तभित्र त्यससम्बन्धी विवरण पेस गर्न आह्वान गरेको छ । पञ्चाङ्गकारलाई सूर्यसिद्धान्तको मूल सूत्रबाट ग्रहस्पष्टीकरण, ग्रहको उदय–अस्त, चाडपर्व, विवाह तथा व्रतबन्धका मुहूर्त र ग्रहण आदि विषय समावेश भएको पञ्चाङ्ग गणना गरी पेस गर्न समितिले सार्वजनिक सूचनामार्फत् अनुरोध गरेको हो…