Live on
Your Voice, Your Power
कास्की- पोखरा महानगरपालिका-६ शान्तिपाटन बस्ने ३६ वर्षीय प्रज्वल बुढाथोकीको माईली थकाली भान्सा घरमा जुवातास खेलिरहेको अवस्थामा प्रज्वलसमेत पाँच जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३७ हजार ८ सय रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।