Live on
Your Voice, Your Power
काठमाडौँ - भारत र पाकिस्तानको विवादित क्षेत्र जम्मु र कश्मीरको कुलगाम जिल्लाको रेडवानी क्षेत्रमा मुठभेड भएको छ । बुधबार राति सुरक्षा बल र आतंककारीहरू बीच मुठभेड हुँदा दुई अज्ञात आतंकवादी मारिएको प्रहरीले जनाएको छ। हाल सुरक्षा अपरेसन चलिरहेको र घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।