Live on
Your Voice, Your Power
कास्की- पोखरा महानगरपालिका-१६ सुन्दरफिट बस्ने ६६ वर्षीय जस काजी गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङसमेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ७ सय ६० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।