Live on
Your Voice, Your Power
काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ । केआइसिंह गाउँपालिका–६ फलेडीका स्थायी बासिन्द रहनुभएका मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको आज निधन भएको हो । केही दिन पहिलेदेखि स्वास्थ्यमा समस्या आएपछि उनको आज आफ्नै निवासमा मृत्यु भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।